बारा,२३ भाद्र ।
कम समयमा स्थापना भई समाजका लागिका सराहनीय कार्य गरे बापत मेची महाकाली बुहारी सयुक्त आवाज बाराले रौतहट शाखाका संयोज सहितको टोलीलाई सम्मान गरेको छ ।
मंगलबार बाराको निजगढको होटेल हेभेनमा बारा शाखाले आयोजना गरेको परिच्यात्मक तथा सम्मान कार्यक्रममा गरि रौतहट शाखाका संयोजक पुजा पाठक तिमिल्सीना सहितको टोलीलाई सम्मान गरेको हो ।
सयुक्त आवाज बाराका संयोजक सावित्री बराल तिमिल्सीना सहितको टोली ले रौतहट शाखाका संयोजक पाठक, उपाध्यक्ष ज्योति फुयाल, सचिव जयमाला चौधरी, उप सचिव प्रमिला देवकोटा, कोषाध्यक्ष रत्न चौधरी, सदस्य रत्न लामा, विमला फ्याल, दम्यन्ती घिमिरे लगायतकालाई दोसला तथा अविर लगाई सम्मान गरेका थिए ।
मेची महाकाली बुहारी सयुक्त आवाज बाराले आयोजना गरेको उक्त कार्यक्रममा बर्तमान अवस्थामा सबै शाखा मिलेर काम गर्ने र आई परेका समस्यालाई समाधान गर्ने बारे चर्चा परिचर्चा भएको थियो ।







