असार ०७ रौतहट
रौतहट जिल्लाको राजदेवी नगरपालिका भित्रमा चालू आर्थिक वर्षको कार्यान्वयन भईरहेको योजना हरुको शनिवार अनुगमन गरिएको छ ! योजनाको अवस्था , प्रगति , स्तरीयताको विषयमा नगर प्रमुख धीरेन्द्र कुमार सिंह , निमित प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेय संचारकर्मी सहित स्थलगत अनुगमन गरेका हुन !
चालू आर्थिक वर्ष ०७५/०७६ को विकास अनुदानको रकमले निर्माण हुदै गरेको सड़क ,नाला ,विद्यालयको भवन ,लगायतको कार्यको निरिक्षण अनुगमन गरिएको छ ! अनुगमनको क्रममा मेयर सिंहले जनताको समस्या बारे प्रत्यक्ष कुराकानी समेत गरेका छन ! उहाले सञ्चालन रहेको योजनाको पारदर्शी रुपमा स्तरीय कार्य गराउन समेत सुझाव दिएको छ ! स्थानीय वड़ा नम्बर १ पथरा टोलमा रहेको श्री आधारभूत विद्यालयमा निर्माणाधीन रहेको १० कोठे भवनको निरिक्षण गरिएको छ !
५ कोठे २ तल्ले भवनमा १६ लाख शिक्षा विभाग र १६ लाख नगरपालिकाको लगानी रहेको मेयर सिंहले बताएका छन ! हुलाकी राजमार्ग देखि गौर पिपरा जाने सड़क सम्म १ हजार ७५ मिटेर लामो र ३० फिट चौड़ा कालोपत्रे सड़क निर्माणको कार्यले स्थानीयहरु हर्षित भएका छन ! अनुगमनको क्रममा स्थानीयहरुले नगर प्रमुखको कार्य जनमुखी रहेको प्रतिक्रिया दिएका छन ! संघीय सरकारको अर्थ मन्त्रालयको सम्पूरक कार्यक्रम अन्तर्गत निर्माण भईरहेको सड़क विस्तारको क्रममा घर समेत तोड़िए पनि स्थानीयहरु मेयर प्रति आक्रोशित नभई उहाको कार्य देखि उत्साहित रहेको देखिएको छ !
स्थानीय भिखारी साहले मेयरको भावना विकास मुखी रहेको बताएका छन ! विकास बाहेक अरु कुनै चासो चाहना सोच नलिएको मेयर सिंह पारदर्शी रुपमा कार्य गराउँदै आएको भन्दै सराहना समेत गरेको छ ! मनोज यादवले बाटोघाटों को समस्याबाट मुक्त भएको बताए ! नगर प्रमुखको कारण ११ वटा सड़क निर्माण भएको स्थानीय विन्दा साहले जनाए ! वड़ा नम्बर २ हजमीनियामा निर्माण भईरहेको मुख्य सड़क , छठ घाट तथा संपन्न भएको योजनाको अनुगमन गरिएको छ !
पाताहिमा अंतिम चरणमा रहेको कालोपत्रे सड़क , बांधमा निर्माण भईरहेको सड़कको कार्यको निरिक्षण गर्दै मेयर सिंहले स्तरीय रुपमा कार्य गराउन ठेकेदार ,उपभोक्ता समितिलाइ निर्देशन समेत दिएका छन ! निमित प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले लगत स्टीमेट अनुसार परिमाण आउनु पर्ने नभए भुक्तानी समेत नहुने चेतावनी दिएका छन !
नगरपालिकाको एउटा वड़ा बाहेक सवै ८ वड़ाहरुमा निर्माणका कार्य धमाधम भइरहेको अधिकृत पाण्डेयले जनाएको छ !