टीकापुर(कैलाली), २६ चैत |
कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु...
पर्वत, २६ चैत |
वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री...
वीरगञ्ज (पर्सा), २५ चैत |
पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा...
काठमाडौँ, २५ चैत |
टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ...
गोदावरी (कैलाली), २५ चैत |
धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी...
महोत्तरी, २५ चैत |
सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन्...
काठमाडौँ, २५ चैत |
ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको छ । मृतकका परिवारले उनको शव...
सुनसरी,२३ चैत |
सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ।शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको...
काठमाडौँ, २३ चैत |
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली...
बैतडी, २३ चैत |
जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई...














