काठमाडौँ, २९ असार
प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत...
काठमाडौँ, २९ असार
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव...
काठमाडौँ, २९ असार
पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि टुङ्गो लगाउने जनाइएको छ ।...
काठमाडौँ, २८ असार
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि...
काठमाडौँ, २८ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै...
काठमाडौँ, २८ असार
जनमत पार्टीका उपनेता अब्दुल खानले मुलुकको विद्यमान समस्या समाधान गर्न प्रभावकारी काम गर्ने स्थायी सरकार आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलकातर्फबाट भाग लिँदै उहाँले मुलुकमा...
काठमाडौँ, २८ असार
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा...
काठमाडौँ, २८ असार
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताउनुभएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...
काठमाडौँ, २८ असार
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ, यसबारे आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...
काठमाडौँ, २८ असार
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी...














