सर्लाही ३ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापनाका माँग गर्दै आन्दोलनमा उत्रिएका जनता समाजवादी पार्टी नेपालले माघ ३ गते मलंगवामा हुने बिरोध सभाको भव्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रधानमन्त्री...
काठमाडौँ ३ माघ ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको छ ।शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको हो ।...
काठमाडौं ३ माघ ।नेकपाको केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिस्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको दावी गरेका छन् ।प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, नेपालमा...
जनकपुरधाम ३ माघ ।आज प्रदेश २ सहित देशका सबै स्थानीय तहमा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छन ।पार्टी सभापति देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्।संविधानमा भएको...
काठमाडौं २ माघ ।
कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानियले बिरोध जनाएका छन् ।कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै शुक्रबार स्थानियले बिरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निमाणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, त्रंmक्रिटको प्रयोग...
काठमाडौं २ माघ ।राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको हो ।...
रौतहट २ माघ ।सडक संजाललाई सर्वव्यापी विकासको मेरुदण्ड मानिएको छ नगर र राष्ट्रलाई सुन्दर अनि सहज बनाउने पहिलो पूर्वाधार सडक नै हो ।बौधिमाई नगरपालिका वडा २ देखि परोहा नगरपालिका ६ बसन्तपटी हुलाकी राजमार्ग जोड्ने सडक कालोपत्रेको लागि १ करोड...
बुटवल २ माघ ।प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा मैनबत्ती जुलुस निकालिएको छ ।न्याय मर्न दिँदैनौं’ लेखिएको नारासहित लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन रुपन्देहीको आयोजनामा जुलुस निकालिएको हो । मिलनचोकदेखि राजमार्ग चौराहासम्म निकालिएको मैनबत्ती जुलुसमा एकदर्जन बढी संस्थाको सहभागिता थियो ।
जुलुसपछि...
काठमाडौं २ माघ ।नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र...
काठमाडौं २ माघ ।प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ। देशभर भएका विकास आयोजनाको प्रगति विवरणको जानकारी दिन बैठक बसेको हो।विकास निर्माणमा प्रगति भएका विवरणहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी दिन परिषद्को ४८ औं बैठक बसेको राष्ट्रिय योजना...














