रौतहट, १३ बैशाख।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब को पहलमा वडा नं ९ का वडाअध्यक्ष पुनित सहनीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

गढीमाई नगरपालिकाकाले प्रति परिवार २० किलो चावल, २ किलो दाल, लिटर खानेतेल, १ लिटर नुन १ किलो आल ३ किलो सेन्टाईजर १ थान साबुन २ थान वितरण गरेको छ ।
राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।








