रौतहट ।। गौर नगरपालिकाको १६ औ नगर अधिबेशन सोमबार भव्य रुपमा सम्पन्न भएको छ। अशाढ़ १० गते भित्रमा स्थानीय तहले आगामी आर्थिक बर्षको लागी बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानुनी प्रवधान अनुसार गौर नगरपालिकाले आफ्नो १६ औ नगर अधिबेशन सम्पन्न गरेको हो। पछिलो आर्थिक बर्षमा गरिएको कार्यहरुको समिक्षा गर्दै आगामी आर्थिक बर्ष २०८२र०८३ को लागि नीति कार्यक्रम नगरप्रमुख शम्भु साह कानुले प्रस्तुत गरेका छन्। नगरपालिकामा योजना बैंक, डाटा बैंक र ज्ञान बैंकको स्थापना गरि विकासको सबै क्षेत्रलाइ प्रबिधि मैत्री बनाउने जोड दिइएको छ। शिक्षा क्षेत्र सुधार स्वरुप कक्षा कोठा अभाव रहेका ७ सामुदायिक विद्यालयमा कक्षा कोठा व्यवस्थापन गरि प्रयोगमा ल्याइएको छ भने १७ थान ल्यापटप र प्रिन्टर उपलवध गराइएको छ। नगरपालिकाले ३२ वटा येन, ८ वटा नियमाबली, ४५ वटा कार्यबिधि निर्देशिका, २ वटा आचार संहिता सहित ८७ वटा कानुन तर्जुमा गरिएको कार्य प्रगति प्रस्तुत गरिएको छ। नगर प्रमुख साह ले प्रस्तुत गरेको नीति कार्यक्रममा ०७९र०८० मा संघ सरकार बाट बितिय समानिकारण तथा राजश्व बाड फाटबाट प्राप्त हुने बजेट मध्ये १ करोड १ लाख १७ हजार ५ सय कटौती, र राजश्व बाड फाट अनुदान तर्फ १ करोड ९३ लाख ९१ हजार ५ सय २६ रुपैया कटौती भएको त्यस्तै ८०र०८१ मा बितिय समानिकरण तर्फ ८३ लाख ३७ हजार र राजश्व बाडफाट अनुदान तर्फ ७१ लाख ५२ हजार ५२६ रुपैया कटौती तथा ०८१र०८२ मा बितिय समानिकरण अनुदान तर्फ ९८ लाख २२ हजार ८० रुपैया निकासा नभएको तथा राजश्व बाडफाड अनुदान तर्फ १ करोड ८९ लाख ५७ हजार ३४३ रुपैया निकासा प्राप्त नभएको जिकिर गरिएको छ। नगर पालिकाले पाउनु पर्ने बजेट मध्ये ७ करोड ३७ लाख ७ठ हजार ९७५ रुपैया कटौती हुदा पनि बिचलित नभई निर्धारण गरिएको नीति कार्यक्रमहरू निर्बाद रुपमा संचालन गरि नगरको विकास निर्माण कार्यलाइ निरन्तरता दिइएको नीति कार्यक्रममा दाबी गरिएको छ। पूर्वाधार विकास तर्फ घन्टाघर निर्माण, कोल्ड स्टोर निर्माण सम्पन्न गर्नुको साथै १२ हजार ८११ मिटर पक्कि सडक, ७ हजार ४६६ मिटर नाला निर्माण, २६० थान स्लेब निर्माण, ११ हजार ६३५ मिटर सडक ग्रेभल गरिएको कार्य प्रगति विवरण प्रस्तुत गरिएको छ। १ वटा सामुदायिक भवन, १ वटा प्रवेश द्वार, सामुदायिक बिधालयमा १२ वटा थप निर्माण, ८ वटा स्वास्थ्य केन्द्र भवन निर्माण, २ वटा बिबाह भवन, २ वटा झुलुगो पुल, ५ हजार ५३ वटा सडक बती जडान, १५ सय घरधुरीलाइ हैन्ड पाइप वितरण,२२ वटा मठ मन्दिर निर्माण सुधार सहित २ सय वटा व्यवसायिक एवम् आवासिय भावनको स्वीकृतिका कार्य गरिएको नीति कार्यक्रम मार्फत नगर सभामा जानकारी गराइएको छ। स्तरीय आधारभूत स्वास्थ्य, कृषि तथा पशुपन्छी व्यवस्थापन, उधम्शीलता विकास रोजगार र पर्यटनको विकासलाइ निरन्तरता दिइने लक्ष्य लिइएको छ। बातावरण तथा विपद व्यवस्थापन, पुर्बाधार शाहरी विकास तथा भवन निर्माण कार्य, खानेपानी तथा सर सफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी तथा संघ सस्था, कानुन तथा न्याय, सार्बजनिक सेवा सुसाशन र क्षमता विकास, राजश्व तथा बित व्यवस्थापनको क्षेत्रमा बिभिन्न किसिमको कार्य गर्ने नीति तथा कार्यक्रममा लक्ष्य लिइएको छ। नगर सभा बाट आर्थिक बर्ष ०८२र०८३ को लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको बजेट प्रस्तुत गरिएको छ। आर्थिक बजेट नगर उपप्रमुख शैल देविले प्रस्तुत गरेका थिए। नगर सभामा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवाहरू सहित स्थानीयहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here