रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले आफ्नो १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाइ नगरपालिकाले आज शुक्रबार सभ्य तथा भव्य रुपमा १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले अध्यक्षता गरेको १० औ नगर सभा अधिवेशनमा प्रमुख अतिथिका रुपमा रौतहट क्षेत्र नम्बर २ ९ख० का समानुपातिक प्रदेश सभा सदस्य जयचन्द पटेल उपस्थित भएका थिए । कार्यक्रममा १० औ नगर सभा अधिवेशनका विशिष्ट अतिथी तथा नगरपालिकाका नगर उप प्रमुख प्रमिला जैसवालले अगामी आर्थिक वर्ष ८२र८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषि , स्वास्थय तथा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताईन । उप प्रमुख जैसवालले प्रस्तुत गरे अनुसार पालिकामा कृषि क्षेत्रको आधुनिकिकरण गर्दै आत्मनिर्भर बनाउने , नगरपालिकाको भुवाली चौक , इनरवारी , बंकुल र सरमुजवा बजारमा स्थापना भएको कृषि सेवा केन्द्रका सेवा प्रवाहलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाउने , ५ वटा भन्दा बढी गाई , भैंसी पशुपालक किसानलाई अनुदानको व्यवस्था गर्ने कुरा उलेख गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रमा गुणात्मक सुधार गर्न पालिका भित्रका विद्यालयहरूको भौतिक संचरनामा सुधार गर्ने , पालिका स्तरिय इ (लाईब्रेरी स्थापना गर्ने , एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप उचित पुरस्कार प्रदान गर्ने , नगर प्रमुखसंग बालबालिकाको अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा साक्षर पालिका घोषणाका लागि आवश्यक कृयाकलाप गर्ने व्यावस्था गरिएको छ । आज प्रस्तुत गरीएको नीति कार्यक्रम तथा बजेटमा पालिका भित्रका खेलाडीहरुलाई मध्य नजर गर्दै गुजरामाई मैदानमा क्रीकेट स्टेडियमको कार्य सुरु गरीने , पालिका भित्र छोरी जन्मिने वितिकै ५ सय का दरले १२ महिना जम्म हुने ६ हजारलाई २० वर्षका लागि मुद्द्ती खाता खोली विमा संग जोडिने कार्य गर्ने , २०८२ सालमा बालमैत्री तथा बालश्रम मुक्त नगरपालिका घोषणा गर्न आवश्यक सुचकहरुलाई पुरा गर्ने लगायतको कार्यलाई समावेश गरिएको उप प्रमुख प्रमिला जैसवालले प्रस्तुत गरीन । पालिका भित्रका किसानहरुलाई प्रोत्साहन गर्न सिचाईका लागि आवश्यक बोरिङ्ग , मोटर लगायतका समाग्री किसानलाई सहुलियत अनुदानमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । विपद व्यवस्थापनलाई मध्य नजर गर्दै आकस्मिक विपद व्यवस्थापन कोषको व्यवस्था गर्नको साथै लाल बकैया खोलाको इनरवामा तटबन्ध निर्माण गर्न आवश्यक पहल गर्न उल्लेख गरिएको छ । १० औ नगर सभा अधिवेशनको खुल्ला सत्रमा उप प्रमुख जैसवालले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने क्रममा जम्मा ४३ करोड ९० लाख ७६ हजार ९ सय ९ रुपैया कुल बजेट प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here