दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना हुने भएको छ । बुढानिलकण्ठ–९ स्थित ब्रेनल्याण्ड स्कुलमा यहि २०८२ जेठ १३ गते प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल डेरी एसोसिएसनले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ११ औं विश्व दुध दिवसको अवसरमा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने मुल नाराका साथ सरोकारवाला सबैको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
११औं विश्व दुध दिवस यस पटक जेष्ठ १८ अर्थात जुन १ तारिक राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रिय स्थरमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम छ । यसै सन्दर्भमा नेपाल डेरी एसोसिएसनले पनि उपत्यकव्यापी विद्यालयस्तरी कविता प्रतियोगिता आयोजना गर्न गइरहेको हो ।
विद्यालय स्तरका विद्यार्थीहरुमा दुध तथा दुग्धजन्य पदार्थको मौलिक तथा शारीरिक महत्व, आवश्यकता र मानव स्वास्थ्यका लागि यसका उपयोगिताका बारेमा जानकारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बाल बालिकाको अन्तर प्रतिभा प्रस्फुटनका लागि कविता प्रतियोगिता आयोजना गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here