रामेछाप । मन्थली नगरपालिका जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा मन्थली पहिलो बनेको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.०७ अङ्क प्राप्त गरेको छ । जिल्लाका आठ वटा स्थानीय तह मध्ये मन्थलीले प्राप्त गरेको यो उच्च अङ्क हो ।
सो नतिजामा रामेछाप नगरपालिका ६०.०९ अङ्क प्राप्त गरी दोस्रो भएको छ । त्यस्तै सुनापति गाउँपालिका ६४.०७ अङ्क प्राप्त गरेर तेस्रो बनेको छ ।
सार्वजनिक गरेको नतिजा अनुसार उमाकुण्ड गाउँपालिकाले ६२ अङ्क प्राप्त गरेको छ । यसै गरी लिखु तामाकोसी गाउँपालिका ५८.०१ अङ्क प्राप्त गरेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिका ५७.०३ अङ्क प्राप्त गर्दा दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५४.०२ अङ्क प्राप्त गरेको छ । खाँडादेवी गाउँपालिकाले भने ४१.१ अङ्क प्राप्त गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कन आर्थिक वर्ष २०८०÷०८१ को रहेको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ







