पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्रउ परेका छन् ।
पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउसो ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्रउ परेका हुन्।
‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरा तर्फ आउदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला पारी नियन्त्रणमा लिईएको” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभरको नाम भने ट्राफिक प्रहरीले खुलाएको छैन। तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी ड्राइभर”लाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बगरमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here