एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित कुमार बेगानीले खेलाडिको लागि पहिचान बनाउने उद्देश्यले नेपाल कबड्डी लिग (एनकेएल)को आयोजना गर्न लागेको बताएका छन् । मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उनले लिगलाई बिजनेस रुपमा नभएर खेलाडिको लागि पहिचान बनाउने उद्देश्यले हेरेको बताएका हुन् । उनले भने,‘मेरो लागि सफलता भनेको देशकै सफलता हो । देश सफल भयो भने मात्र म सफल हुन्छु । हाम्रो खेलाडिहरुको पहिचान विश्वभर भयो भने म मान्छु कि म सफल भए भनेर याने हाम्रो बिजनेस होईन खेलाडिको लागि पहिचान गराउन सक्ने माध्यम हो । हाम्रो उद्देश्य पनि यही हो ।’ त्यस्तै उनले नेपालमा कबड्डीका २०–२५ हजार खेलाडिहरु भएतापनि अरु खेलहरु जसरी कबड्डी खेल प्राथमिकतामा पर्न नसकेको गुनासो गरे । उनले भने,‘२० –२५ हजार खेलाडि त छ । तर काठमाडौंमा भन्दा तराईतिर अलि बढि छ रुचि राख्ने । यहाँसम्म आइपुग्दा






