सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो ः द होम कलिङ’को टिजर सार्वजनिक भएको छ ।यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले बाचन गरेको कविताको अंशबाट सुरु हुने टिजरमा सिनेमाका मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । सिनेमाको सार्वजनिक टिजरमा ग्रामीण परिवेशको कथा उठाएको देखिन्छ । सिनेमाले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक टिजरबाट बुझिन्छ ।फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । सिनेमाको प्रदर्शन मिति चाँडै घोषणा गर्ने तयारी भैरहेको निर्देशक सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here