नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट् एसोसिएसन्द्धारा विभिन्न मागसहित पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।बुढानिलकण्ठस्थित देउवा निवासमा आइतबार खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसंगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपीन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि वढाइनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन् ।सभापति देउवाले उक्त मागहरुलाई सकारात्मक रुपमा लिनु भई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here