राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ । लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो ।देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा देउसी–भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here