काठमाडौं
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नवनिर्वाचित सभापति कुसुमदेवी थापाले सपथ ग्रहण गरेकी छन् ।बुधबार सिंहदरबार स्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुखबाट थापाले सपथ ग्रहण गरेकी हुन् ।कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् ।यसअघिका समिति सभापति डा.आरजु राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि कृषि समितिको सभापति पद रिक्त रहेको थियो ।








