नवलपरासी, १ पुस |

नेकपा एमाले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।नवलपरासी९बर्दघाट सुस्तापश्चिम०को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उहाँको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here