रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड न.९ का बिरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दासलाई गौर अस्पतालले मृत घोषणा गरेको छ।
आइतबार आज दिउँसो १२ बजेको समयमा घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा भित्रिएपछि तत्कालै स्थानीयको सहयोगमा ५ मिनेट को अन्तरालमा ती बालक गौतमलाई उदार गरि उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे ।
प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवामा उपचारको क्रममा ति बालकलाई मृत घोषणा गरेको छ।








