रौतहट, ५ कार्तिक ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले नेपाल पत्रकार महासंघ रौतहटले केन्द्रले जारी गरेको १५ बुदा लाई उल्लघन गर्दै शुद्धिकरणको सिफारिस गरेको बताउनु भएको छ । सदस्य पुरीले १५ बुदें लागु भए रौतहटमा २०।२१ भन्दा बढी सदस्य समेत नरहने प्रसट पार्नु भयो । संगम खवर अनलाईन डट कम द्धारा बडा दशैंको अवसरमा पत्रकारिता विषयक अन्तरक्रिया तथा चियापान कार्यक्रमको शनिवार गौरमा सम्बोधन गर्दै केन्द्रिय सदस्यले पुरीले उक्त कुरा बताउनु भएको हो ।
पत्रकारिताको क्षेत्रमा युवा पुस्ताहरुलाई अघि आइरहेकोमा स्वागत गर्दै आग्रह पुर्वाग्रह ढंगबाट जोगिदै संयमित भएर कलम चलाउन समेत पुरीले आग्रह गरे । महासंघको सदस्य भएर मात्रै पत्रकारिता गर्न सकिन्छ अन्यथा गरिदैनन् त्यस्ता भ्रमलाई त्याग गरेर आफनो पेशालाई सधै निष्ठाबान, इमान्दारीका साथ लाग्नु भएमा अवश्य सोचेका स्थानमा पुग्न सकिने बताउदैं बडा दशैं तिहार र छठको शुभकामना दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकारिता कार्य अत्यन्तै कठिन र चुनौतिपूर्ण रहेको हुँदा कुनैपनि राजनीतिक दलको आवरणमा रहेर पत्रकारिता गर्न नहुने बताए। समाजको हितमा रहेर आफनो कलम चलाउन आग्रह गर्दै दशैंको शुभकामना तथा बधाई दिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्षद्धय शैलेन्द्र गुप्ता र रबीन्द्र साहले अहिलेको समय निकै कठिन रहेको हुँदा आफू विश्वस्त भएर कुनैपनि समाचार लेख्नुपर्ने तथा कसैलाई तपाईहरुको कलमबाट आघात पुर्याउने कार्य गर्नु नहुने बताए ।
संचारकर्मी प्रभात कुमार झाले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु सवैभन्दा पहिला आफनो आचरणमा सुधार ल्याएर समाजप्रतिको दायित्वलाई पुरा गराउनुपर्ने कार्यमा मात्रै सक्रिय रहनुपर्ने बताए । कुनैपनि संस्था खराव हुदैनन् त्यसमा रहेका केही पात्रहरु मात्रै खराव हुने भएको हुँदा तिनिहरुलाई पनि सुधार गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता देखिन्छ । पत्रकार पत्रकार विचको लडाईलाई घर भित्र समाधान गर्नुपर्ने अन्यथा बाहिरको व्यक्तिहरुलाई चलखेल गर्ने मौका दिनु नहुने जिकिर गरे ।
महासंघका पूर्व उपाध्यक्ष एवं रेड टेलिभिजनका संचालक जय प्रकाश यादवले महासंघ जिल्ला शाखाहरुमा देखिएका बेथितिहरुलाई चिर्दै राम्रो कार्यको थालनी गर्नुपर्ने बताए । महासंघबाट आफूलाई मानार्थमा राखिएको भएपनि नेपाल पत्रकार महासंघको १५ बुंदे कार्य पालना भएको छ कि छैन त्यस माथि विचार गर्नुपर्ने बताउदै दशैको शुभकामना दिए ।
संगम खवरका संचालक एवं अध्यक्ष दिनेश यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महसंघका कोषाध्यक्ष धर्मेन्द्र साह, जनकपुर टुडेका पत्रकार राकेश यादव, रमेश सिह, युवा नेता विक्रम यादव, ललन यादव सहित सक्रिय संचारकर्मीहरुको उपस्थिति रहेका थिए भने कार्यक्रम चंचल झाले सभा संचालन गरेका थिए भने सक्रिय पत्रकारको तर्फबाट भुषण सिंहले आफना मन्तव्य राखेको थिए ।








