मनहरी (मकवानपुर), २० असोज |

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताउनुभयो ।उद्योगीका क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको क्षेत्राकारभित्रका कार्यमा लगानी गरेको दाबी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ योजनासहित प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनुभयो । “सिटीइभिटीमा १३ हजार विद्यार्थी उत्तीर्ण भए पनि एक हजार तीन सयले मात्र पढ्न सिट पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here