दाङ,२०,असोज  ।

दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताए ।घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।दुई महिना अघिमात्र बिबाह गरेका उनीहरुले तुलसीपुरमा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्दै आएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here