काठमाडौं,९,असोज  ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने उनको दाबी छ ।उनले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेको बताए ।निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने पौडेलले बताए ।‘नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात, माग, सप्लाई र रोजगारी पनि छैन,’ उनले भने, ‘अफ्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र लयमा थियो । अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ । समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन ।’उनले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here