काठमाडौं,२५,भदौ  ।

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।जहाँ उनले पहउलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here