गरुडा,११ बैसाख ।
बृन्दावन नगरपालिका वडा नं ९ आकडपाथर टोलमा आज एक कार्यक्रम बिच समुदाय भवन निर्माणको लागि शिलान्यास गरिएको छ । नगर-प्रमुख बिनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्य वडा नं ९ टोल आकारपाथर स्थित वडास्तरीय योजनाबाट सामुदायिक भवनको शिलान्यास गरेका छन्।
समुदाय भवन समाजमा अति आवश्यक रहेको हुनाले यस कार्यलाई अगाडि बढाइएको छ । गाउँ-घरमा कुनै गोष्ठी, छलफल, असहाय परिवारका घरमा छोराछोरीको विवाह वा कुनै समाजिक कार्य गर्ग होटल पाउन धेरै गाह्रो हुन्छ त्यसैले समुदाय भवन निर्माण भएपछि धेरै कार्यमा प्रयोग हुनेछ । यो भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको छ यसको कुल लागत २० लाख रहेको उनलेे बताए ।







