साउन १६ गते ।
२०७८ सालको एसईई परीक्षामा सहभागी जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका एक छात्रले प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याएका छन् ।जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने सन्तोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेको स्कुलका सञ्चालक डाक्टर सोनु साहले जानकारी दिए ।
डा. साहले देशभरिमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक रहेको बताए । प्रवेशले मधेस प्रदेशभरिमै सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक साहले बताए ।सञ्चालक साहले मोनाष्टिक आवासीय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले एप्लस, ७१ जनाले ए, ७३ जनाले बीप्लस, ३५ जनाले बी र ६ जनाले सीप्लस ग्रेड ल्याएकोसमेत जानकारी दिए ।
त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मीकुमारी महतोले ३.८५ र केशवकुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।








