जनकपुर, १४ फाल्गुन  ।

पूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने भएको छ ।यस अघि शुक्रबार परिक्रमा जलेश्वरमा विश्राम गरेको थियो ।

शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आइतबार आज बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् । त्रेता युगमा राम र सीताको विवाहपछि ती जोडीले मिथिलामा हुँदा विहार ९भ्रमण० गरेका देवस्थल, राजा जनकको राज्यका चारै कोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी ९जहाँ राम र सीताको पहिलो भेट भयो०, राम र सीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरका लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा गर्दै माध्यमिकी परिक्रमा गरेका थिए । १ सय २८ किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको दर्शन गर्दै १५ दिने माध्यमिकी परिक्रमा धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीस्थानबाट सुरु भइ हनुमानगढी हुँदै भारत बिहारको कल्याणेश्वरबाट औपचारिक रुपमा सुरुवात भएको थियो ।

सोही मान्यता अनुसार प्रत्येक वर्ष परिक्रमा यात्रा हुने गरेको छ । जुन यात्रामा सयौंको संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् । ध्रुवकुण्डपछि परिक्रमा यात्रा सोमबार पर्वता, सत्तोषर, औरही र विशौल हुँद फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किनेछ । राजा जनकको राज्यको मध्यभागको परिक्रमा गरेर फर्केका परिक्रमायात्रीले जनकपुर पुगेर सम्पूर्ण फलको प्राप्ति गर्ने जनविश्वास रहेको छ ।

नेपाल तथा भारतका विभिन्न धार्मिक महत्व बोकेको स्थलहरूको भ्रमणले पुण्य प्राप्त हुने उद्देश्यका साथ सयौंको संख्यामा साधुसन्त तथा गृहस्तहरू परिक्रमा घुम्ने गरेको सुन्दर सदन तथा किशोरीजीको डोला प्रमुख महन्थ नवलकिशोर शरणको भनाइ छ । दुई देशबीचको आपसी मिलनको अभूतपूर्व सम्बन्ध स्थापित गर्न परिक्रमाकै मुख्य योगदान रहेको महन्त शरणको कथन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here