रौतहट ।
रौतहट क्षेत्र नं ३ को सांसद प्रभु साहले आफ्नो राजनीतिक पहुँचको भरमा संरक्षण गरि आफ्नो हत्यारा भाई नागेन्द्र साहलाई बचाइ रहेको छ । पुरै रक्सी खाएर मातिएर गतबर्ष २०७८ चैत ०२ गतेका दिन बृन्दावन नपा वडा नं ६ हर्साहा चौक स्थित पान पसलमा बसेर फ्रुटी खाइरहेका मेरो भतिज स्व. जितेन्द्र पटेललाई गाडीबाट ठक्कर हानी हत्या गरेको थियो । आज हत्या भएको १ बर्ष हुदाहुदै जिल्ला प्रहरी कार्यालय गौर रौतहटको मातहतमा रहेका इलाका प्रहरी कार्यालय गरूडामा हत्यारा नागेन्द्र साह माथि कर्तव्य ज्यान मार्ने उधोग मुद्दा दर्ता भएपनि हालसम्म प्रहरीले दोषीलाई पक्राउ नगरी खुल्याम त्यो हत्यारा प्रभु साहको भाई नागेन्द्र घुमिरहेका छन – बृन्दावन नपाका मेयर बिनोद प्रसाद कुर्मीले बताए । जिल्ला प्रहरी कार्यालय गौर रौतहट र जिल्ला प्रशासन कार्यालय गौर रौतहटले अपराधी समात्ने कार्य नगरी उल्टै हत्यालाई संरक्षण प्रभु साहको इसारामा गरिरहेको छ । एक बर्ष पहिला नै सांसद साहको भाई नागेन्द्र साहमाथी कर्तव्य ज्यान उधोग मुद्दा गर्दा भएपनि अहिलेसम्म नसमात्नुको मुख्य कारण चाहिँ बुझ्न गाह्रो भएको मेयर कुर्मी बताए ।








