काठमाडौं २६ पुस ।
नेकपा ९एकीकृत समाजवादी० ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनैपनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताउनु भयो । उहाँले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको बताउनु भयो । उहाँले विश्वासको मत दिएपनि सरकारमा सहभागी भने नहुने बताउनु भयो । बाइट।।।जगन्नाथ खतिवडा, उपमहासचिव, नेकपा ९एकीकृत समाजवादी प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताउनु भयो ।








