काठमाडौं २५ पुस ।
नेकपा ९एमाले० का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताउनुभएको छ । सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताउनुभएको हो । उहाँले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताउनु भयो । उहाँले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि
भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो । आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गर्नुभयो । उहाँले सरकारलाई नेकपा ९एमाले० ले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताउनु भयो । उहाँले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल शुरुवात भएको भन्दै धरै छलफल पछि मात्रै यो सरकार बनाइएको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय
मुलुकहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताउनु भयो । उहाँले आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडी बढ्ने बताउनु भयो । सरकारको वैदेशिक
सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उहाँको भनाई छ । उहाँले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने रनीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम अनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।







