काठमाडौं २१ पुस  ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गर्नुभएको छ ।  बिहीवार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष धितालले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्नपनि आग्रह गर्नुभयो । उहाँले विज्ञापन बोर्डमा बजेटको अभाव भएको भन्दै सरकारले बजेट अभावलाई पूर्ति गर्न
आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तर गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र उन्नत स्तरको विज्ञापन क्षेत्र बनाउन बोर्डले आवश्यक भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले विज्ञापन बोर्डले आफ्ना पूर्वाधार निर्माण गरी व्यवसायीहरुसँग मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले विज्ञापनमा विज्ञापन बोर्ड
प्रत्यक्ष सहभागी बन्नु नहुने बताउनु भयो । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। वैकुण्ठ
अर्यालले विज्ञापन बोर्ड नितान्त स्वायत्तता भएको संस्था रहेको उल्लेख गर्नुभयो । उहाँले बोर्डको निर्णयमा सरकारको कुनैपनि हिसावबाट हस्तक्षेप नरहेकाले बोर्डलाई स्वतन्त्र छैन भनेर दुष्प्रचार नगर्न आग्रह गर्नुभयो । उहाँले विज्ञापन क्षेत्रमा रहेका सबैले एउटै धारणा बनाएर जानसके विज्ञापन व्यवसाय अझ बढी व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विज्ञापन  बोर्डको आर्थिक हिसाव भने एक हिसावले सरकारले नै हेरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा बोर्ड आत्मनिर्भर बनेपछि सरकारबाट बजेट ल्याउनुपर्ने आवश्यक्ता नरहने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताउनु भयो । अहिलेको सञ्चारमाध्यमको
चामलाई बजार बिस्तार बिना धान्न नसकिने भन्दै विज्ञापनको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सबैले सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले विज्ञापन बोर्डले विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्ने एउटा मात्रै उद्देश्य लिएको बताउनु भयो । उहाँले विज्ञापन बोर्ड स्वायत्त निकाय भएकाले स्वायत्तता छैन भन्न नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो एउटै उद्देश्य छ, विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्नेमा छौँ । विज्ञापन बोर्ड स्वायत्त निकाय हो । यो स्वायत्ततामा पनि निजी क्षेत्रबाट ५ जना, सरकारबाट ३ जना र विज्ञापन बोर्डको अध्यक्षको नियुक्ति प्रतिष्पर्धाबाट हो । ऐनले पनि हामीलाई स्वायत्तता प्रदान गरेको छ । ऐनमा केही अपुग विषयहरु छन् भने राष्ट्रिय नीतिमार्फत हामी त्यसलाई पनि संशोधन गरेर अघि बढाउेन तयारी छौँ । आचारसंहीताको विषय छ । आचारसंहीता कार्यान्वयनको चरणमा प्रवेश गर्नलाई अझै हामीले तयारीको चरणमा छौँ । बजार बिस्तार बिना अब पनि विज्ञापन व्यवसाय चल्दैन । अहिलेको सञ्चारमाध्यमको चापलाई यसले धान्न सक्दैन । यसको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सोच राख्नेछौँ ।’ अध्यक्ष हुमागाईंले विज्ञापन ऐनमा अपुग भएका कुराहरुलाई राष्ट्रिय नीतिमार्फत समेटेर अघि बढ्ने निर्णय बोर्डबाट भइसकेको र त्यसका लागि बोर्डले तयारी गरिरहेको बताउनु भयो । उहाँले विज्ञापन आचारसंहीता
कार्यान्वयनका लागि बोर्ड अझैपनि तयारीको चरणमा रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here