काठमाडौं  १९ कात्तिक ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाउनु भएको छ । शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताउनु भयो । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहनुभएका काँग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताउनु भयो । मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाउनु भयो । मन्त्री कार्कीले नेपाली काँग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले गठबन्धनको संस्कृतिलाई अघ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here