काठमाडौं १९ कात्तिक  ।

जनता समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिवद्धता व्यक्त गर्दै आसन्न निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको हो । पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनः संरचना गर्ने प्रतिवद्धता
पनि पार्टीको चुनावी घोषणापत्रमा उल्लेख छ । शनिवार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ भने प्रदेशको संरचना बढाएर १० पु¥याउनुपर्ने कुरा उल्लेख छ । जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद् बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि उल्लेछ । त्यस्तै पार्टीले पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ४ लेनको बनाउने र काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने घोषणा गरेको छ । त्यस्तै पार्टीको घोषणापत्रमा मुलुकको आर्थिक विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी पुँजी प्रविधि परिचालनका लागि लगानीमैत्री वातावरण उल्लेख गर्ने, मधेस÷तराईको पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्गको निर्माण पूरा गर्ने, चुरै संरक्षण गरी मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउने लगायतका बुँदाहरु अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here