२०७९ कात्तिक १८ गते।  राैतहटका विभित्र नगर पालिकाले चुनावी प्रचारप्रसारमा दैनिक लाखौं रुपैयाँको ईन्धन खर्च गरेको एक कार्यक्रम का सहभागीहरले आरोप लगाएका छन । मुख्य निर्वाचन कार्यालय राैतहटले राैतहट क्षेत्र नम्बर ३ को कटहरियामा आयोजना गरेको आचार संहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले साे आराेप लगाएका हुन ।सहभागीहरुले कटहरिया गरुडा र गुजरा नगरपालिकाले निर्वाचन आचार संहिता विपरीत दैनिक लाखौं रुपैयाँको तेल कुपन नगरपालिका बाट बाडदै गरेकोले सोको छानविन गर्न निर्वाचन अनुगमन समितिसंग माग गरेका छन ।
May be an image of 3 people, people sitting and people standing
ती नगरपालिकाका प्रमुखले आ आफ्ना नातेदारको प्रचार प्रसार गर्न तेल कुपन बाडेको प्रमाण सुरक्षित रहेको एक जना उमेदवारले दावी समेत गरेका छन । सो कार्यक्रमका सहभागिहरुले उठाएको जिज्ञासाको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आचार संहिता उलंघन गर्ने उपर उजुरी दिन आग्रह गर्दै कार्यवाही गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो ।सो कार्यक्रम मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीकाे अध्यक्षतामा सम्पन्न भयाे ।
May be an image of 7 people, people standing and people sitting
कार्यक्रममा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार रामेश्वर यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार नवीन चाैरसिया , नेपाल सुशासन पार्टीका प्रदेश सभा सदस्य उमेदवार विनोद चाैधरी ,प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार कुन्दन कुशवाहा लगायतका उमेदवारले आचार संहिता उलंघन गर्ने उपर कार्वाही गर्न माग गरेका छन । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख छोटेलाल दास,नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , निर्वाचन कार्यालय क्षेत्र नम्बर ३का निर्वाचन अधिकृत मेघनाथ चापागाईं ले निर्वाचन आचार संहिता पालना गरि मसिर ४ गते हुने निर्वाचन सफल बनाउन अनुराेध गर्नु भयाे ।
May be an image of 8 people, people sitting, people standing and indoor
साे अवसरमा राैतहट जिल्ला प्रहरी प्रमुख वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की , निर्वाचन आचार संहिता अनुगमन अधिकृत अर्जुन बराल, राष्ट्रिय अनुसन्धानका राैतहट प्रमुख मुकुन्द बहादुर खड्का ,क्षेत्र नम्बर २का निर्वाचन अधिकृत राजन नेपाल , क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत गुणराज पराजुली ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक बरुन बहादुर सिंह सहित का कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here