साउन २२ गते ।

सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको सौर्य सिमेन्ट उद्योगमा भइरहेको आन्दोलनको समाचार संकलनमा पुगेका संचारकर्मीहरुमाथि निर्घात कुटपिट भएको छ ।उद्योग संचालककै निर्देशनमा प्रहरीले सिरहाको कर्जन्हा स्थित रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरविन पासमान माथि निर्घात कुटपिट गरेको हो ।निर्घात कुटपिटबाट घाइते भएका दुबैजना सञ्चारकर्मीको कर्जन्हा स्थित फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।शौर्य सिमेन्ट उद्योगमा कन्ट्रयाक्टर मार्फत काम गर्ने स्थानिय मजदुरहरु साउन ३ गतेदेखि आन्दोलित छन् ।

आन्दोलनकै समाचार संकलन गर्न शौर्या सिमेन्ट उद्योग पुगेका संचारकर्मीद्वय ठाकुर र पासवानमाथि आक्रमण भएको हो ।न्यूज बनाउन खोजेको ? भिडियो बनाउने, तलाई ठिक पार्छु भन्दै प्रहरीले आफुहरु माथि भाटा प्रहार गरेको संचारकर्मी ठाकुरले गुनासो गरे ।सञ्चारकर्मी ठाकुर र पासमानको पिठ्यूमा र हात खुट्टामा ठुलो डाम आउने गरि प्रहरीले भाटा प्रहार गरेका छन् ।

शान्तपुर्ण धर्नामा बसेका मजदुरहरुमाथि प्रहरीले भाटा प्रहार गर्दै धपाउन खोजेपछि तनाब भएको थियो । त्यस क्रममा केही मजदुर घाइते समेत भएका छन् । उद्योगीको सेटिङ्गमा प्रहरीले कुटपिट गरेको मजदुरहरुले बताएका छन् ।सञ्चारकर्मीमाथि भएको कुटपिट घटनाको रेडियो गंगाजलका प्रबन्ध निर्देशक तथा राष्ट्रि दलित पत्रकार संघ शाखा कार्यालय सिरहाका अध्यक्ष सरोज कुमार पासमानले भत्र्सना गरेका छन् । घटनाको तुरन्त छानबिन गरी दोषी प्रहरीमाथि कानुन बमोजिम कारवाही गर्न उनले माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here