काठमाडौं,१९ साउन,  ।

काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबै नेपाली रहेको प्रहरीले जनाएको छ।बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको बाताइएको छ।

तीन चिनियाँ नागरिकसँग उनीहरूले एक करोड फिरौती माग गरेका थिए।जिल्ला प्रहरी परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here