sf7df8f}, @% dlª;/ M g]skf dfcf]jfbL s]G›sf cWoIf Pjd k"j{ k|d k'iksdn bfxfn k|r08 zlgaf/ g]skf dfcf]jfbL s]G›sf] gf} j6f k|b]zsf] clwj]zgsf] ;+o'Qm ¿kdf sf7df8fF}af6 pb3f6g kl5 dGtJo JoQm ub{} . tl:a/ M /Tg >]i7, /f;;

नेकपा (माओवादी केन्द्र) को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनको सङ्क्षिप्त रूप वाचन गरेका थिए।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुँदैछ। माओवादीले सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने सङ्कल्प लिएको छ।

बैठकमा माओवादी प्रवेश गर्न लागेको साना दलका बारेमा पनि छलफल भएको थियो।

आज आयोजित एक कार्यक्रमबीच नेकपा मसाल र नेकपाबाट विद्रोह गरी बनेको दल माओवादी प्रवेश गर्ने कार्यक्रम रहेको प्रवक्ता महराले जानकारी दिए। नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले स्वागत गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here