काठमाडौं,१५,साउन  ।

अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्‍याउने निर्णय गरेका छन् । अर्थमन्त्रीमा पुर्नबहाली भएपछि मन्त्री शर्माले  बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका हुन् । बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि संससदिय छानविन समिति गठन भएसँगै शर्माले राजिनामा दिएका थिए। संसदीय छानविन समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीमा पुन शर्मा नै नियुक्त भएका हुन् ।बजेटको ३३३ नंम्बर बुँदामा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायर विस्तार गर्ने र निक्षेप बीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here