काठमाडौं,१७,असार  ।

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं
पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब ९कन्स्ट्रक्टिभ बिद्रोह०
दिने निस्कर्ष निकालेका छन् ।
बिहीवार काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति
देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो । बैठकपछि
सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको
आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताउनु भयो ।
उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले
देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै
गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा
पनि हामीले छलफल गरेका छौँ । यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि
शुरु हुनेछ । आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ ।
पोल्टिकल सोचाईमा पनि परिवर्तन भएको छ । त्यसको आधारमा हाम्रो विचार
समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’
बाइट।।।चन्द्र भण्डारी, नेता, नेपाली काँग्रेस
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो
समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।
उहाँले बैठक भोलि ९शुक्रवार० २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताउनु
भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here