काठमाडौं ,१५,असार ।
बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा
बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले
उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आगामी तीन
दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र
खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो । तराईका
लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका
थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको
लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था
छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ । मनसुन शुरु
भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर
प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ । हिजो
रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको । हिजो रातिदेखि १०
लाख मानिसलाई एसएमएस गरेर खबर पु¥याइदिइसकेका छौँ । यो तीनदिन भारी वर्षा
हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ
भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध
चाहीँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिन बाहेक विशेष बुलेटिन
निकालेको अवस्थामा चाहीँ शतर्क भइदिनु होला । किनकी विशेष बुलेटिन भनेको
चाहीँ हुन्छ भन्ने नै हो ।’उहाँले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन
निकालेको अवस्थामा अझ शतर्क हुन आग्रह गर्नुभयो ।








