जनकपुर,१५,असार ।
दुई दिनदेखिको वर्षाले जनकपुरधाम जलमग्न भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका घरहरु डुबानमा परेको छ । जनकपुरधामका केहि वडाहरुमन पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बर्सेनि डुबानको समस्या हुने गरेको छ ।त्यस्तै, लगातरको वर्षाले जनकपुरधामका अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।







