जनकपुर,४,असार ।

धनुषाका पालिकाहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको गाउँ तथा नगर परिषद् गर्ने तयारी गरिरहेका छन् ।जिल्लामा रहेका १८ पालिकाहरू अहिले पालिकाको गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा गरिरहेका छन् । असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नुपर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरिरहेको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । उपमहानगरपालिकाले नगर परिषद् पेश गर्ने बजेटको विषयमा उपमहानगरपालिकाले विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने काम गरिरहेको छ । यसका लागि नगरप्रमुख, उपप्रमुखसहितको पदाधिकारीहरू लागि तयारीमा जुटेका छन् ।नगर परिषद्का लागि असार ९ गते गर्ने अनौपचारिक छलफल भएपनि शुक्रबार साँझ बस्ने नगर कार्यपालिकाको बैठकले नगर परिषद् बैठक मिति तयगर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारी भइरहेको बताइएको छ । धनुषाका अन्य पालिकाहरूले पनि नगर तथा गाउँ परिषद् गर्नका लागि तयारी गरिरहेको विभिन्न पालिकाहरूले जानकारी दिएका छन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकाले पनि नगर परिषद् गर्नका लागि तयारी गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here