धनगढी,४,असार  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विद्येयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन्  ।देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गरेका छन् । ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमाडौं गएको पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ’ देउवाले भने, डे टु डे धनगढी-काठमाडौं प्लेन चलेका छन् । छिट्टै पुगिन्छ खासै समस्या छैन ।’तत्कालीन समयमा कर्णाली नदीमा पुल नभएकाले हिँडेर जानुपर्ने अवस्थाको स्मरण गर्दै उनले पुल बनेपछि  सुदूरपश्चिम राष्ट्रिय मुलधारमा जोडिएको बताउँदै यहाँको  विकासका लागि आफ्नो प्रयत्न जारी रहने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here