रौतहट ,3, असार ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेका प्रादेशिक अस्पताललाई प्रदेश सरकारले आवश्यकता अनुसारको बजेट उपलव्ध नगराउँदा अस्पताल संचालनमा समस्या उत्पन्न भएको छ ।जिल्ला अस्पतालको रुपमा रहेका गौर अस्पतालमा विरामीको चाप बढी रहेको र बजेट न्यून रहेको कारण औषधि व्यवस्थापनमा समस्या हुने गरेको अस्पतालका प्रमुख डाक्टर कृष्णा साहले बताए । प्रादेशिक अस्पताल गौरलाई १ बर्षमा ४ करोड बजेटको आवश्यकता रहेकोमा प्रदेश सरकारले १० लाख अति आवश्यक औषधि खरीद र १० लाख उपकरण खरीदको लागि बजेट पठाउने गरेको बताए । गौर नगरपालिका, राजदेवी नगरपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिका र इशनाथ नगरपालिका मुख्य रुपमा प्रादेशिक अस्पताल भित्रको क्षेत्र रहेकोले विरामीको चाप बढी हुने गरेको उनले बताए । प्रदेश सरकारले प्रादेशिक अस्पतालको व्यवस्थापन र संचालनको लागि विरामीको चाप अनुसारको रकम बजेट व्यवस्थापन गर्नु पर्नेमा न्यून बजेट दिने गरेकोले चाहिने अनुसार औषधि आपूर्ति गर्न कठिनाइ हुने गरेको गुनासो गरे । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढी बजेट विनियोजन गर्नु पर्नेमा सो नगरी प्रादेशिक अस्पताल गौरलाई कम बजेट दिने गरेको छ । सामाजिक विकास मन्त्रालयले रौतहटलाई विभेद गरेको देखिएको छ । बजेट कम भएको कारण आमा सुरक्षा कार्यक्रमको रकमबाट आवश्यकता अनुसारको औषधि र उपकरण खरीद गर्नु पर्ने बाध्यता रहेको डाक्टर साहले जनाए । अस्पतालमा १० देखि १५ लाख सम्म केमिकलमा खर्च हुने अवस्था रहेकोमा प्रदेश सरकारले एक्स रे मेशिन सञ्चालन तथा ल्यावको लागि ४ लाख केमिकल खरीदकालागि रकम दिने गरेको जुन अपुग रहेको उनले बताए ।

स्थानीय सरकारको मातहतमा स्थानीय तहमा भएको स्वास्थ्य सस्थाहरु रहे पनि जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीहरुको भीड बढी नै रहेको छ । सरकारले एक गर्भवती महिलाको प्रसूतिको लागि १५ सय रुपैयाँका दरले पठाउने गरेको जनाउदै खर्चको अनुपातमा सो रकम पनि अपुग रहेको बताए । सिएस गर्दा लाग्ने सामग्री, महिला स्वास्थ्यकर्मीहरुलाई दिइने सुविधा, महिलालाई दिने यातायात सुविधा गरी २ हजार भन्दा बढी नै एक जना विरामीको खर्च लाग्ने गरेको छ । डाक्टर साहले स्वास्थ्यको क्षेत्रमा सरकारले बढी रकम विनियोजन गर्नु पर्ने सुझाव दिए । प्रदेश सरकारले पठाएको रकमले औषधि आपूर्ति हुन् नसक्ने भएकोले जनसंख्या तथा कभरेज एरियाको अध्ययन गरी सोको हिसावले बजेट विनियोजन गर्नु पर्ने माग समेत गरे । मानवको प्रत्यक्ष जीवन संग सरोकार राख्ने स्वास्थ्य सस्थाको विकास प्रति गम्भीर हुनु पर्ने धारणा उनको रहेको छ । जिल्ला अस्पतालको भौतिक पूर्वाधार विकास, दक्ष चिकित्सक, पर्याप्त मात्रामा उपकरण, औषधिको व्यवस्थापन गरिए आम नागरिकलाई सेवा प्रवाहमा सहजता पुग्ने विश्वास डाक्टर साहको रहेको छ । बारा , सर्लाही , महोतरीको तुलनामा प्रादेशिक अस्पताल गौरले राम्रो सेवा सुविधा दिने गरेको दावी गर्दै बजेटमा कटौती किन गर्ने गरेको भनि सरकार संग प्रश्न समेत गरे । खपतको हिसावले औषधि, उपकरण आपूर्ति गर्नु पर्ने माग समेत गरेका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जेष्ठ १९ गतेका दिन ५८ हजार २साय ११ रुपैया ५० पैसा मूल्य बरावरको ७ किसिमका स्लाइनका बोतल उपलव्ध गराएको स्टोर प्रमुख राम अश्रय मुखियाले बताए ।पबmउबगलम सोडियम २८ बोतल, नोर्मल स्लाइन ७५ बोतल , सोडियम क्लोराइड १०० एमएल ७०० बोतल, सिप्रोफ्लोक्सासिन २०० एमजी ५०० बोतल सोडियम क्लोराइड नोर्मल स्लाइन १५० बोतल , mभतचयलष्मबशयभि ५०० mन १०० बोतल मभहतचयकभ ५% १२० बोतल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here