२०७९ असार २ गते काठमाडौँ ।– प्रहरीले ५१ किलो हिरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो र सेतो हेरोइन बरामद गरेको हो।

बिहीबार दक्षिण अफ्रिकाबाट फ्लाइ दुबईको जहाजमार्फत दुबई हुँदै काठमाडौँ आएका सात अफ्रिकन महिलाको साथबाट प्रहरीले ५१ किलो हिरोइन बरामद गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठले बताए।

ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उनीहरुको साथबाट बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्स्ट रहेको श्रेष्ठले जानकारी दिए।

बरामद भएको हिरोइन १ अर्ब २ करोड मूल्य बराबरको रहेको ब्यूरोका एसपी श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here