मलंगवा,१९, वैशाख ।

जिल्ला ट्राफिक प्रहरी सर्लाहीले जिल्लाभरी सवारी चेकजाँचमा कडाइ गरेको छ ।यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा पनि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ सुरु गरेको छ। ट्राफिक प्रहरी कार्यालय मलंगवाका अनुसार सवारी साधनको प्रयोग गरी हुने विभिन्न अपराधिक घटना,सडक दुर्घटना तथा सवारीसाधनको चोरी लगायतका गतिविधिहरु हुन नदिन चेकजाँचमा कडाइ गरिएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएदेखि दैनिक रुपमा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ ।सदरमुकाम मलंगवा स्थित नेपाल भारत सीमा नजिक गोरखकाली प्रहरी चौकी,जिविस चौक,मलंगवा नपा र ब्रह्मपुरी गाउँपालिका अन्तर्गत भेल्ही गाउँको बीचमा पर्ने झिम पुल,गम्हरिया नजिकै(नवलपुर– मलंगवा सडक खण्डमा) पर्ने पेट्रोल पम्प लगायतका ठाउँहरुमा ट्राफिक प्रहरीद्वारा सवारी–साधनहरुको चेकजाँच भइ रहेको छ । मलंगवा र आसपासका ठाउँमा सबैभन्दा बढी भारतीय नम्बर प्लेटका चारचक्के र दुईचक्के गाडीहरु गुड्ने गरेका छन्।त्यस्ता गाडीका चालकले गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र(लाइसेन्स) नबोक्ने गरेकाले उनीहरूबाट हुने घटना र दुर्घटनाको छानबिन गर्न प्रहरीलाई समस्या पर्ने गरेको छ।चेकजाँचमा कडाइ गरेदेखि दिनहुँ जस्तो दर्जनौं ट्राफिक नियम उल्लंघन गरेर गुड्ने सवारी र सवारी चालकहरु कार्यवाहीमा परिरहेको ट्राफिक प्रहरी मलंगवाका इन्चार्ज अरुण पाण्डेले जनाएका छन् । उनले सवारीसाधन चलाउँदा गाडीको बिलबुक र सवारी लाइसेन्स अनिवार्य बोक्न,ओभरलोड नगर्न,सीमित गतिमा सवारी चलाउन,ओभरटेक नगर्न,कुनैपनि किसिमको मादक पदार्थ सेवन गरेर सवारी नचाउन र मोटरसाइकलको हकमा हेलमेट अनिवार्य रुपमा लगाउन अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here