जनकपुर ,१६,जेष्ठ ।

श्रोत नखुलेको साढे चार लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतवार विहान ९ बजेको समयमा महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित मस्जिद नजिकमा चेक जाँचको क्रममा भारतवाट नेपाल आउँदै गरेको व्ज्ण्ज्ञध्ढज्ञण्ड नम्बरको ऋद्यश् मोटरसाइकल सहित विहारको पानावेला ग्रामपञ्चायत १३ बस्ने २२ बर्षीय जिशान शेखलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई चेकजाँच गर्दा प्लाष्टिकमा बेरी स्रोत नखुलेको पाँच सय दरको ८९६ थान र दुई हजार दरको नोट एक थान गरी जम्मा चार लाख ५० हजार भारतीय रुपैयाँ र मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here