रौतहट, १३ जेठ । गढिमाई नगरपालिकाको प्रागणमा अयोजित एक कार्यक्रममा गढिमाई नगरपालिकाका नवनिर्वाचित येयर शयाम प्रसाद यादव ले उपमेयर स्मिताकुमारी यादव सहित ९ ओटै वडा अध्यक्ष तथा नवनिर्वाचित वडा सदस्यहरुलाई पद तथा गोपनियताको शपत ग्रहण गराउनु भयो । कार्यक्रममा गढिमाई नगरपालिका का निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारी र नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, मिडीयाकर्मीहरु उपस्थिती थियो । उक्त कार्यक्रमा मेयर यादव ले सबै जना मिलेर गढिमाई नगरपालिका को विकास मा लागनु पर्छ भन्ने विषयमा जोर दिए ।

गढिमाई नगरपालिकाको उप मेयर सहित वडाध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाइयो ।

जनप्रतिनिधिहरुलाई सपथ खुवाउदै नगरप्रमुख श्यामप्रसाद यादवले नगरको विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने विचार प्रकट गरे । अधुरा योजनाहरुलाई पूरा गराउने जिकिर गर्दै उनले पहिलो प्राथमिकता किसानहरुलाई दिने बताए ।

नगरको किसानहरुलाई सिंचाइ गर्न विद्युतिय मोटर जडान गराई विद्युत महसुल नगरपालिकाबाट तिर्ने व्यवस्था मिलाउने त्यसको लागि आवश्यकता परेको किसानहरु नगरपालिकामा सम्पर्क राख्न अपिल गरे । निर्वाचन सकिसकेको हुदा राजनीति भन्दा माथि उठेर विकास निर्माण को कार्यमा सहयोग गर्नुपर्ने बताए ।
सपथग्रहण समारोहमा नवनिर्वाचित वडाध्यक्ष, सदस्य सहित स्थानिय बासिन्दा हरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here