काठमाडौं ,जेठ , १३ । रामकुमारी झाँक्रीले सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।
अदालतले रूख फाँड्ने, जग्गा अतिक्रमण गरेर बसेकाहरूको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने भए पनि कसैको प्रभावमा आएर यो निर्णय गरेको उनको आरोप छ।
मन्त्री झाँक्रीले सबै न्यायाधीश प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौती दिएकी छिन्। उनले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुन सक्ने बताइन्।
‘श्रीमानहरूले गरेको निर्णय, सम्मानित अदालतको आदेश सरकारले मान्छ। तर, तपाईंहरूले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो रु सरकारको भेस्टेड इन्ट्रेस बुटा मात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठीक हो। नेपालमा अर्को ठाउँमा सहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरू यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि रु निवेदकहरू कतैबाट प्रभावित भएर यो काम गरिराख्नुभएको छ कि रु हामीले यहाँबाट हेर्नुपर्छ,’ मन्त्री झाँक्रीले भनिन्।








