१२ चैत, काठमाडौं ।

देव खनालले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका छन् । पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा भइरहेको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा देवले अर्धशतक पूरा गरेका हुन् ।उनले २४औं ओभरको अन्तिम बलमा पपुवा न्यु गिनीका नोर्मन भानुअलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । देवले ७२ बल खेल्दै २ चौका  र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए ।यू-१९ राष्ट्रिय टिमका कप्तानसमेत रहेका देवले शुक्रबार पपुवा न्यु गिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए । पहिलो खेलमा उनी शून्यमा आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here