१२ चैत, बारा ।
सर्लाहीका एक जनालाई लागुऔषधसहित बाराबाट प्रहरीले पक्राउ गरेको छ ।सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ सङ्ग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डललाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख २६८१ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको डिकीमा लुकाइछिपाई राखेको अवस्थामा २ हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित हिरासतमा लिएको हो ।पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








